Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

पात्रोका पानाहरु फेरिए संगै जीवनको परिचय पनि फेरिंदै जान्छ।
जति बढे पनि एउटै रहने र जति घटे /टुटे पनि एउटै भइरहने परिवार हो।
अरुको सफलतामा भन्दा आफ्नो असफलतामा खुसी हुन सजिलो हुन्छ।
कहिले आशाले कुंदाउंदै त कहिले निराशाले पछि धकेल्दै लाने हुँदा नै जिन्दगी जहींको तहीं रहन्छ।
निर्माण गर्नेको नाम इतिहांसमा लेखिन्छ र सम्हाल्नेको नाम वर्तमानमा लिईन्छ।
गरीबलाई केही दिएर अझ गरीब नबनाउं ।
अभावमा गुज्रिरहेकोलाई केही त देउ, केही नभए एउटा मिठो आशा देउ।
सुख बाड्ने पंक्तिमा घण्टौ नथाक्नेहरुलाई एक पटक दु:ख बांडने पंक्तिमा बसाइ हेरे चिन्न सकिन्छ।
मानिस तीन किसिमका हुन्छन् : आफूलाई मात्र काम लाग्ने, अरुलाई मात्र काम लाग्ने र दुबैलाई काम लाग्ने।
सुरुची र सुनीति वीचको सन्तुलनले नै सहज जीवनको अनुभुति दिन्छ।
अनुभवबाट सय बर्षमा सिकिने ज्ञान अनुभुतिबाट एकै बर्षमा सिक्न सकिन्छ।
एउटा काम तमाम नहुंदै अर्को कामको तयारी गरिसक्नु पर्दछ।
एउटा किताब संधै साथमा राखे कहिल्यै एक्लो महशुस हुंदैन।
जुन समयमा जे काम गरिन्छ त्यही नै त्यो काम गर्ने उत्तम समय हो।
ढीला भयो भन्नु भन्दा बेला भयो भन्नु उपयुक्त हुन्छ।
कुनै कुरा अस्पष्ट संग बताउनु भन्दा नबताउनु नै बेश हुन्छ।
आफूलाई पूर्ण सुरक्षित राख्ने उपाय अरुलाई हानी नपु–याउने हो।
निराशाको अन्तिम विन्दु पतन वा मृत्यु हो।
मृत्युको मुखमा पुगेको मान्छेले जीवनको कला सिकाउन सक्छ।
व्यक्तिको द्रुत प्रगतिकालागि अन्य व्यक्तिको समय, ज्ञान आदिको प्रयोग गर्नुपर्छ , जसकालागि विश्वास गर्ने बानी हुनुपर्दछ।
आर्थिक - बौद्धिक विकासको परिसूचक - उसले आफूमात्र वा परिवार वा आफन्त वा टोल वा देश वा सम्पूर्ण मानव वा सम्पूर्ण प्राणी जगतकालागि काम गर्छ भन्ने नै हो।
दिमागको कुरा अनुहारमा नल्याई दबाउन सक्ने व्यक्ति कुटिल हुन सक्छ।
कसैसंग विवाद नगर्नु बुद्धिमानी हो। टाढा जानेसगं विवाद गर्नु मुर्खता हो भने नजिक रहनेसंग विवाद गर्नु महामुर्खता हो।
पहिला अरुलाई बुझ अनिमात्र आफूलाई बुझ्नेछन्।
ज्ञान बाहिरबाट भित्र नभई भित्रबाट बाहिर निस्कन्छ।
संसारमा जति मानिस छन् सुन्दरताको त्यतिनै परिभाषा छन् किनकि हरेकले आफूलाई कुनै न कुनै हिसाबले सुन्दर देखेको हुन्छ।
संस्कार /चलन आबश्यकता र बाद्यताको उपज हो।
विद्याको रस ज्ञान हो, ज्ञानको पाक सेवा हो।
हरेक घटनाको दोष अरुलाई लाउनु, कोही नपाए आफैलाई र आफूलाई मन नलागे भगवानलाई लाउनु।
बिनास नै विकासको सहज माध्यम हो।
ज्ञान नभएको अज्ञानी भन्दा ज्ञान भएको अज्ञानी खतरापूर्ण छ।
हरेक मान्छे अम्मली हुन्छ फरक मात्र के को भन्ने हो।
राम्रो ज्ञान बांड्न ढिलाई नगर्नु भोलि शान्दर्भिक नहुन सक्छ।
लडिन्छ कि भनी डराउनेले सम्म धरातल छोडनु हुंदैन।
चोरले पनि राम्रोको भन्दा नराम्रो मान्छेकै चोर्न रुचाउँछ।
हरेक प्रश्न / समस्याको उत्तर / समाधान सृजनाकर्तासंगनै राम्रो हुन्छ।
साथमा राखिरहन नचाहनेलाई पैसाले पछ्याउंछ।
उमेर छंदैमा जसले धेरै दुःख पांउछ , उनै सबैभन्दा भाग्यमानी हो।
निर्दोष / बेसहारालाई दुःख नदिने भगवानको मात्र स्तुति गर्न चाहान्छु म!
कुनै एउटा विशिष्टताले दिएको अहं अर्को कमजोरीले घटाईदिन्छ र त मानिस भुईमै रहन्छन्।
वास्तविकताको गहन स्विकारबाट नै व्यक्ति विकासको सुरुवात हुन्छ।
भगवान भए मलाई मेरो हत्यारालाई कारागारमा भेट्न जान सक्ने बनाइदेउ।
मर्मतमा खर्चिने समय राम्रो निर्माणमा लगाउन सके उन्नति सहज हुनेछ।
भयरोगबाट बंचेको मान्छेको जिन्दगी उपहार हो।
उमेर अनुसार काम गर्दै जाँदा जीवन सरल हुन्छ।
हरेक कार्यमा सम्पादन , उत्पत्ति र तालिम गरी तीन उद्धेश्य लुकेको हुनुपर्दछ।
जुनसुकै रुपमा होस् एक नारीको मायां अभावमा पुरुषको जीवन अधुरो हुन्छ।
योजना भन्दा तयारी बढी र तयारी भन्दा सम्पादन बढी गर्नेले सोचे भन्दा राम्रो नतिजा पाउँछ।
धनी हुनुको पीडाबाट मुक्त हुने सजीलो तरीका गरीब हुनु हो।
बाचा गरेजति दिन नसके केही पनि नदिए भन्दा बढी अपजस पाईन्छ।
जसरी मौसम स्वतन्त्र छ त्यसै गरी हरेक मानिस कसै न कसैको बन्धनमा छ।
मानिसमा आफ्नो सहारा कोही भइदिए हुन्थ्यो भन्ने मनोबैज्ञानिक समस्याले गर्दानै धुर्तहरुले उनीहरुको झुण्ड बनाई आफ्नो हितमा दुरुपयोग गरिरहेकाछन्।
कर्म गर्नेले धर्ममा धेरै समय खेर फाल्नु पर्दैन।
त्यति धेरै भगवान भए बोलाऔं यसै पृथ्विमा र अनि लगाऔं विकासको काममा।
प्राकृतिक श्रोतको शोषण नभएको गरीब मुलुकले पाउने एउटै मुख्य पुरस्कार छ त्यो हो भावी सन्ततिको स्यावासी /धन्यबाद।
अरुलाई आफुजस्तै होवोस् / होला भनी अनुमान लगाउनेले दुःखी हुनुपर्ने निश्चित छ किनकि त्यो सम्भव छैन।
धेरै, राम्रो र छीटो काम गर्नेले पक्कै प्रगति गर्नेछ।
घोषणा गरेर दिएको उपहार पाउनेले आधा मात्र स्वाद पाएको हुन्छ।
धेरै प्रश्नकालागि चुप बस्नुनै उपयुक्त उत्तर हुनसक्छ।
पातलो फलाम चाँडो तातेर छिट्टै सेलाए झै, सजिलै प्राप्त उपलब्धि पनि धेरै टिक्दैन।
खाना मीठो आफ्नोलाई दिनु , बचन मीठो अरुलाई।
शैली राम्रो नभए कार्य राम्रै भए पनि जस पांईदैन।
पराई भएका आफन्तलाई आफ्नो बनाउन लगाउने समय र शक्ति जन्मजात पराईलाई आफ्नो बनाउन लगाए राम्रो।
एउटाको ऋण तिर्न अर्कोसंग ऋण लिने मुर्ख हो भने दिने महामुर्ख हो।
सदुपयोग गर्न नजान्नेले दिवालिया घोषणा गरेर मात्र ऋण लिन गए राम्रो।
एउटा विषयमा पनि पोख्तता हाँसिल नगरी धेरै विषयको ज्ञान लिन थाल्दा भुलभुलैयामा घुमे जस्तै हुन्छ।
नारीको मायां नपाएको पुरुषको जीवन पानी नलागेको धान खेत सरह हो।
उपभोग गर्दै आएको सुबिधालाई केहि दिन बन्द गरी पुनः प्रयोग गर्दा पहिले प्राप्त गर्दा जत्तिकै आनन्द आउंदछ।
आफ्नो खर्चको दुई गुणा भन्दा बढी कमाएमा अरुकालागि खर्च गर्नु राम्रो।
धेरै नगद र सम्पत्ति संचय गरी भावी सन्ततिलाई संघर्ष र जीवन भोगाईको सूवर्ण अवसरबाट बञ्चित गर्नु मुर्खता हो।
मलाई थाहा छैन मानिस किन खर्च गरी रक्सी पिउंछन् र नशा कम गर्न खर्च गरी कागती खान्छन्।
आफ्नो प्रस्ताव स्विकार्ने मान्छेलाई मुर्ख भन्ने मान्छे महामुर्ख हो।
संतुष्टी भन्दा तृष्णा अझ मीठो हुन्छ।
झुटो खवर वा विचारको प्रवाह बोलेर देउ, लेखेर होइन।
विवाहित व्यक्तिको धेरै समय आफू जीवन साथीजस्तो बन्ने कि उनलाई आफूजस्तो बनाउने भन्ने दोधारमा नै बित्छ ।
अविकशित राष्ट्रका मानिसले नयां पुस्तालाई दिने ठूलो उपहार भनेको सम्भावना र प्रकृति हो।
मर्ने निश्चित भइसकेको व्यक्तिलाई सम्झाउनु भनेको उपहास गर्नु मात्र हो।
जीवन पानी जस्तै हो जमे थेग्रिन्छ, बगिरहे कंचन हुन्छ।
धेरै रोगको उपचार हुन सक्छ।
झुठ, सहनशिलता, शंवेदनशिलता, परिबर्तनशिलता, दृढ इच्छा, एकाग्रता, बहुप्रतिभा आदि राजनैतिक सफलताका आवश्यक गुणहरु हुन्।
बिनाश र विकास एउटै आमाका दुई सन्तान हुन् तर बाबु फरक हुन सक्छ।
अरुलाई आफू भन्दा राम्रो खोज्नु नै दु : खको कारक हो।
हरेक तीन पुस्तामा दु : ख र सुखको चक्र दोहरिन्छ।
युग बदलिएको प्रमाण दिन सन्तानको जन्म हुन्छ।
झुठा आरोप स्विकार गरी आरोप लगाउनेलाई समस्यामा पार्न सकिन्छ।
क्रुर घटनाको साक्षी मात्र बसे पनि शंबेदनशिलता ह्रास हुन जान्छ।
पानीको गहिराई पौडिन नजान्नेलाई मात्र मतलव हुन्छ।
भिन्न काम गर्नु आराम गर्ने उत्तम तरीका हो।
सुत्नु अघि अरुले बैंक मौज्दात गने जस्तै म आफ्नो मान्छे गन्ने गर्छु।
आफ्नो र अर्को (सत्रु र मित्र ) को बीचमा मात्र एउटा शब्दको दुरी हुन्छ।
एक वेइमानले पनि इमान्दारिता सिकाउन सक्छ।
जान्नु वा मान्नु वाहेक मानिससंग बिकल्प छैन।
अव सबैले राम्ररी काम गर्ने निश्चित भए संसारका सबै सम्पत्ति बराबरी बाडिदिए पनि हुन्छ।
असमानताले मानिसलाई बाँच्न सजिलो बनाइरहेको छ।
समय - समयमा अस्पताल र घाट भ्रमण गर्नाले आफूलाई सच्याइरहन सहयोग पुग्छ।
ठूलो र राम्रो वीचको भेद छुट्याउन नसक्ने व्यक्तिले जीवन ब्यर्थमा गुजारिरहेको छ।
जन्म, विवाह, मृत्यु र विवेक जति मानिस छन् त्यत्ति प्रकारका हुन्छन्।
मुक्तिको सर्वसुलभ तरीका मृत्यु हो।
लाज, डर र घिनबाट मुक्त नभएसम्म जीवन कष्टकर रहिरहन्छ।
जीवन दोधारे प्रश्नको उत्तर खोज्ने सून्य समय मात्र हो।
राम्रो कुरालाई धेरै पटक र नराम्रो कुरालाई थोरैपटक याद गर्नु श्रेष्ठकर छ।
आफन्तलाई आफन्त बनाइराख्न गरिने लगानीले अर्कालाई आफ्नो बनाउन सजीलो छ।
मानिसको स्थायी मित्र पुस्तक हो। पुस्तकसंग मित्रता गांस्न सके खुसीसाथ बांच्न सकिन्छ।
पूर्ण समानता एउटा मीठो कल्पना मात्र हो।
मान्छेले गधासंग कुरा गर्दा गधाकै भाषा बोले मात्र बुझदछ र तेश्रो व्यक्तिले हेर्दा मान्छेलाई पनि गधा देख्दछ।
जो मानिस हरक्षण पूर्ण जीवन बांचिरहेको हुन्छ उसलाई धेरै वा थोरै बांच्नुसंग सरोकार हुंदैन।
अर्काको कारणले बिग्रिएको सम्बन्धमा दुः खी हुनु हुँदैन।
अधर्म गरी कमाएर धर्ममा खर्च गर्नु भन्दा नकमाउनु वा सधर्म थोरै कमाउनु उत्तम।
हरेक धनी मानिस गरीब मानिसले सोचे जस्तै नराम्रा हुंदैनन्।
गरीबीको धेरै कारण मध्ये अल्छिपन प्रमुख हो।
राम्रो शैलीमा नराम्रो काम गर्ने मान्छे सारै खतरापूर्ण हुन्छ।