Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

केही श्रृजना गर्नु छ भने हतार गर विनाश त जहिले गरेपनि भइहाल्छ नि, के हतार?
तपाईसँग जे उपलब्ध छ वा आफ्नो जे सवल पक्ष हो त्यसैबाट आफ्नो विकास वा प्रगति सुरु गर्नुहोस्। त्यो पक्ष बल, कला, सिप, आवाज, शव्द, रुप, ज्ञान, संगत, सम्पर्क, आत्मबल, चिजबस्तु, लेखन, वाचन, विद्या, जमिन, घर, गाडी, पानी, परिबार, समाज वा अरु कुनै पनि चिज हुन सक्छ।
दिनेले दिइरहनुपर्छ, लिनेले लिइरहन्छ। दिनेको कर्तव्य हो भने लिनेको अधिकार हो।
कुनै व्यक्ति, बस्तु वा सूचनाको उपयोग, मात्रा वा प्रकृयामा भएको त्रुटीका कारण गलत नतिजा आयो भन्दैमा उक्त व्यक्ति, वस्तु वा सूचनालाई नै खराब वा गलत भन्न मिल्दैन।
धर्मबाट कर्म प्रेरित हुन्छ र कर्मबाट धर्म पलाउँछ। यसरि एउटा सुन्दर चक्र बन्दछ।
कुनै व्यक्तिको बाञ्छानीय वा अबाञ्छानीय व्यवहार वा बोली तत्कालिन वा दीर्घकालिन इच्छित वा अनिच्छित, स्थायी वा अस्थायी, उद्देश्यमूलक वा उद्देश्यहिन हुन सक्छ।
पूर्विय दुःख प्राकृतिक ताप हो भने पश्चिमी दुःख कृत्रिम ताप हो।
सफलताका शुत्रहरु (Needs Grouping) like आर्थिक, सामाजिक, पारिवारिक, व्यक्तिगत, राष्ट्रिय'.........
नभएका गरीब गरीब मात्र हुन् भने भएका गरीब महागरीब हुन्।
गलत बुझेर सुधारेको भन्दा पहिलो पटकमा नै सही बुझ्नेले राम्ररी बुझेको हुन्छ।
एउटा मान्छेले अर्को मान्छेलाई दुई मध्ये एक कारणले छोड्छ या त आफूलाई नचाहिने भएर या चाहिएर पनि नपाउने भएर!
व्यवहारको सत्य न्याय र जीवनको अन्तिम सत्य मूल्य हो व्यवहारमा सत्य नभए जीवनको सत्य प्राप्तीमा समस्या हुन जान्छ, गाह्रो हुन्छ।
 दान, आत्मत्याग र वैराग्य मात्र यस्ता तीन चिज जुन प्राप्त गर्नु सामान्य मानिसको बसमा छैन।
धन आंखिर सकिएर जान्छ। तीन मध्यम छन् भोग, दान वा नाश माध्यम चुन्नु हाम्रो व्यक्तिगत स्वतन्त्रता हो।
मानव जीवन को सफलताका तीन प्रमुख आधार दान, दया र दमन (इन्द्रीय दमन )हुन्।
आफूले विगारेको बनाउन सजीलो हुन्छ किन कि कहां बिग्रिएको छ थाहा हुन्छ। अरुले विगारेको बनाउन गाह्रो हुन्छ। खासगरी सम्बन्धको बारेमा।
संघुरो मान्छेलाई फराकिलो बनाउन जति सजीलो छ , फराकिलो भएसकेको मान्छेलाई खुम्च्याउन त्यो भन्दा गाह्रो हुन्छ।
राम्रो र नराम्रो दुबै संगै हिंडन सक्छ तर कालान्तरमा जुन बलीयो छ त्यसैले जित्छ।
योजना, कल्पना, चाहना गरेको विषय कगदअयलकअष्यगक ्कष्लम मा जम्मा हुनछ र वास्तवमै कार्यान्वयन गरेको विषय अयलकअष्यगक ्कष्लम मा जम्मा हुन्छ।
अरुले आफूलाई गरेकेा नराम्रोले भन्दा आफूले अरुलाई गरेकेा नराम्रोले आफूलाई धेरै नराम्रो हुन्छ।
 कसैले/ अरुले गरेकेा राम्रो , नराम्रो, गाह्रो, मनपर्ने, नपर्ने काम/व्यवहार आफैले गरेर मात्र बुझ्न सकिन्छ।
आफूलाई नजीक सोच्नेलाई टाढा सोच्न सजीलो हुनसक्छ तर टाढा सोच्नेलाई नजीक सोच्न धेरै गाह्रो हुन्छ।
एक पटक आएको चरालाई दाना हाले मात्र फेरि आउंछ। रु सबैको लागि संधै भीर हुन सकिंंदैन।
तिमीसंग धेरै राम्रा गुणहरु छन् भने पनि खतरापूर्ण हुन सक्छ। त्यसले तिमीलाई नराम्रा कामहरु ग्ार्न वा लुकाउन प्रेरित ग्ार्न पनि सक्छ। बेला –बेलामा पूनर्विचार गर्नुपर्छ।
 हरेक व्यति्कले संघर्ष त गर्नु नै छ, आज भोलि वा पर्सि, यति मात्र फरक बुढेसकालमा गाह्रो हुन्छ युवकवस्थामा सजीलो।
 एक आपसमा उपलब्ध साधन, श्रोत, सूचना, विचार आदिको लेनदेन, आदान–प्रदान गर्न नमिल्ने अवस्थामा पुग्नु नै चिसिएको सम्ब्ान्धको संकेत हो।
हार वा जीत नाफा वा घाटा सापेक्षिक विषय हो। एउटा अवस्थामा हार देखिएको विषय अर्काे अवस्थामा जीत हुन सक्छ। 
क्ेही काम नहुनु भन्दा सानातिना काम गर्नु जोखिमपूर्ण छ किनकि साना कामको व्यस्तताले ठूलो/ राम्रो काम गर्न सोच्न भ्याइन्न।
राम्रो सृजना गर्न राम्रो मान्छे र वातावरण (परिवेश) को जरुरत पर्दछ।
हरेक नयाँ मान्छेसंग भेट भएर अर्न्तक्रिया गर्दा म आफैलाई हेर्छु र सोच्छु 'ममा के कमी कमजोरीले गर्दा अघि बढ्न सकिन होला?'
जसरि एउटा घरको सबै कोठामा बराबरी घामको उज्यालो पर्न सक्दैन त्यसैगरी एउटा व्यक्तिको जीवनका सबै पाटाहरु उत्तिकै राम्रा र उज्याला हुन सक्दैनन्।
घरमा धेरै कोठा भएजस्तै हाम्रो दिमाखमा पनि धेरै कोठा हुन्छन्। सबै कोठा उत्तिकै सफा नहुन सक्छ।
कसैले मलाई अथवा अरु कसैलाई कुनै पनि अस्वभाविक, अप्राकृतिक वा अनैतिक व्यवहार गरेको थाहा पाउँदा म सर्वप्रथम सोच्छु कि के मैले पनि कसैलाई त्यस्तै गरेको वा गर्दै छु? छु भने म उसंग रुष्ट हुने वा गुनासो गर्ने के आधार छ? र आफूजस्तैलाई गुनासो गर्नु आफैलाई गुनासो गर्नु होइन र?
ज्ञानको आपूर्ती गर्नमा लगाउने समय, शक्ति र श्रोत त्यसकै माग बढाउनमा लगाउँदा राम्रो। माग बढे आफै आपूर्ती बढ्नेछ।
अर्को व्यक्तिको भावना नबुझी कुरा गर्नु अपरिपक्कता हो भने पुरै अरुकै भावना अनुसारनै अघि बढ्नु बहुलठ्ठीपन हो।
त्यति मात्र देउ ( ज्ञान, सम्पत्ति, सहयोग, आदर, महत्व, मायां) जति अर्को व्यक्तिले तिमीबाट अपेक्षा गरेको छ।नत्र समस्यामा पर्न सक्छै।
भएर नहुनु भन्दा नभएर नहुनु राम्रो।
संगठन र त्यसका सदस्यको विकास एउटै रफ्तारमा हुनुपर्दछ। यदि तल माथि भएमा माथि हुनेले तल हुनेलाई छोडिदिनेछ।
कोही चाहन्छ गर्न सक्दैन, कोही सक्छ गर्न चाहँदैन, त्यसैले त यी दुई बीच केही हुँदैन।
तिमी अरुलाई त्यस्तो ब्यवहार मात्र गर जस्तो तिमी अरुबाट अपेक्षा गर्छौ।
तिमीलाई अझै बाँच्न मन लाग्दैछ भने तिम्रो प्रगति भइरहेछ भन्ने जान।
त्यस्तो मात्र काम गर जसले सके अरुलाई फाइदा पुगोस् त्यति नभए पनि नोक्सान नहोस्।
काम राम्रो नराम्रो हुँदैन तर आफूले बुझेर मात्र गरेको हुनु पर्दछ।
जो मृत्युसंग डराउँदैन उ एकपटक मर्छ, जो डराउँछ उ लाखौं पटक मर्छ।
आफ्नोलाई अर्को र अरुलाई आफ्नो बनाउँदै जाने अनन्त यात्रा हो जिन्दगी।
राम्रो काम गरेर मात्र हुँदैन त्यसलाई राम्ररी गर्नु पर्दछ किनकि दुनियांलाई के गर्छौ भन्दा कसरी गर्छौ भन्ने संग बढी चासो छ।
सबैलाई खुसी पार्न खोज्ने मानिस सफल हुन सक्दैन।
माफ माग्नु गल्तिको नविकरण हो।
गल्तिबाट सिक्न सके त्यो गल्ति पनि राम्रो हुन्छ।
त्यस्तो काम मात्र गर ऐनामा आफ्नो अनुहार हेर्दा घृणा नलागोस्।
भाषा, जात, धर्म, पेसा, लिंग, विचार, आर्थिक र भौगोलिक भिन्नता नत्यागेसम्म मानिस महान् बन्न सक्दैन।
प्राप्तीबाट योगदान तर्फ लम्कदै जाउं र जीवन सार्थक बनाउं।
हाम्रो वरपरका हरेक चिजले हामीमाथि योगदान गरेका छन् , यिनको ऋण चुकाउनु हाम्रो कर्तब्य पनि हो।
आफ्नो क्षमता पत्ता लगाई मलजल गरौं र कमजोरी खुट्याई सुधारौं।
भुत गइसक्यो, भविष्य कहिले आउने हो, बरु बाचौं वर्तमानमा।
कुनै मार्ग नहुनु नै म जिउने मार्ग हो।
संसार हेर्ने झ्यालको सिसा सफा गर्दै जांदा एकदिन जीवन जिएको सार्थकता छर्लङ्ग हुन जान्छ।
संसारमा एउटा मात्र सीमित साधन छ 'समय' र एउटा मात्र अमूल्य उपहार छ 'जीवन'।
गल्तिमा पश्चाताप गर्नेले नविकरण गरिरहेको हुन्छ।
हरेक गल्ति गर्नेले त्यतिखेर त्यो नै सर्वोतम समाधान वा व्यवहार ठानेर गरेको हुन्छ।
म चाहन्छु मलाई चिन्ने मान्छेले सबभन्दा पहिले मेरो कमजोरी जानोस्।
म सबै कमजोरी सुधारेर भगवान बन्न चाहन्न किनकि भगवान अस्तित्वमा छन् भन्ने मलाई थाहा छैन।
'घमण्डी' र 'स्वाभिमानी' पर्यायवाची उपनाम हुन्। फरक यत्ति हो आफ्नाले स्वाभिमानी त अर्काले घमण्डी भन्छन्।
जव राम्रो कुरा दिमाखमा आउँछ दिमाखलाई साँघुरो बनाउँदै लगेर त्यसैमा केन्द्रित गर्नुपर्छ, जव नराम्रो कुरा आउँछ दिमाख फराकिलो पार्दै लगेर त्यसलाई हराई दिनु पर्छ।
आफू जुन भूमीमा छ त्यसैको खोइरो खन्नु जति ठूलो मुर्खता केहि छैन।
जोसंग संगै रहनु छ कहिल्यै उसंग नउल्झनु किनकि मत भिन्नतालाई पूर्वाग्रहले हेरिदिन्छन्।
नयां सुरु गर्न भन्दा बन्द भएको सुरु गर्न धेरै गुणा बढी समय र शक्ति लाग्छ , तसर्थ एक पटक रफ्तारमा आईसकेको कुरालाई निस्तेज पार्नु अघि दुई पटक सोच्नुपर्छ।
ढोंगी सन्त भन्दा भोगी संत राम्रो हुन्छ।
जसले आफैलाई मायां गर्दैन, अरुलाई मायां दिन सक्दैन।
कुनै व्यक्तिको विनाश वा सत्यनासको कारण प्राय : उसकै अगाडि उसकै साथ विकास भएको हुन्छ।
अनुभुति चाहानाको होइन अभावको हुन्छ , चाहानाको त निर्णय हुन्छ।
सम्वन्धमा लिएर दिनु भन्दा दिएर लिनु उत्तम हुन्छ।
पटक – पटक विवाद भइरहन्छ भने के विवाद हुन्छ त्यसबारे वादविवाद गर्नु राम्रो हुन्छ।