Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

 

चितवन स्थित हिलवर्ड स्कुलका विधार्थी तथा शिक्षक बोकेको बस नवलपरासीमा दुर्घटना भई दर्जनौं विद्यार्थीले ज्यान गुमाएको र तेब्बर संख्यामा घाइते भएको घटनाले चितवन जिल्ला, सिंगो देश र यो घटना सुन्ने कुनै पनि मानव ह्दय मर्माहत भएको छ। आफ्ना कलिला कर्णधारलाई गुमाउने आमा–बुवा तथा आफन्तहरुको पिडा चाहेर पनि हामीले त्यत्तिकै गहिराइमा पुगी आत्मसात गर्न सक्दैनौं। त्यस घटना पछि यसो भएको भए र त्यसो नभएको भए शायद त्यो दुर्घटना हुँदैन थियो कि भन्ने तर्कहरुले झकझकाइ रहदा केही लेख्न मन लाग्यो। मानिससँग एउटा मात्र विकल्प छ – बाँकी रहेकालाई व्यवस्थापन गर्ने। जे भयो भई सक्यो, हामी त्यसबारेमा त सम्झेर रुने, पश्चाताप बाहेक के नै गर्न सक्छौं र। हामीले यस घटनाबाट पाठ सिकेर शिक्षाकर्मी, नीति निर्माता तथा अभिभावकले पनि सुरक्षा व्यवस्थापन तथा जोखिम न्युनिकरणमा ध्यान दिनु पर्ने देखिन्छ। यस घटनामा धेरै घण्टा लामो वनभोज कार्यक्रम हुनु , धेरै टाढा जानु , अबेर राती ८:३० सम्म पनि घर नफर्कनु , बसको गुणस्तर तथा प्राविधिक विश्वसनियता नहुनु , परिपक्व र अनुभवी सवारी चालक नहुनु , बसको सिट क्षमता भन्दा झण्डै दुई गुणा विधार्थी राख्नु , चालकले मादक पदार्थ सेवन गर्नु (?), बेलैमा द्रुत गतिमा जानबाट चालकलाई नरोक्नु लगायतका कारणहरुले नै दुर्घटना निम्त्याए जस्तो देखिन्छ। बस दुर्घटना त एउटा उदाहरण मात्र हो। त्यस्ता धेरै अन्य क्षेत्र तथा विषयहरु छन् जुन विधालय तथा विधार्थीका सुरक्षासँग सम्वन्धित छन्। शारिरिक तथा भौतिक सुरक्षा मात्र नभएर मानसिक तथा मनोवैज्ञानिक सुरक्षा अति महत्वपूर्ण छ। यसरी हेर्दा भौतिक, शारिरिक, स्वास्थ, आर्थिक, शैक्षिक, नैतिक, साँस्कृतिक, लैंगिक, भाषिक, मानसिक, वातावरणीय आदि दृष्टिकोणले सुरक्षित हुन पाउने अधिकार हरेक विधार्थीको छ र त्यो प्रत्याभूत हुनुपर्छ। यो अन्तराष्ट्रिय सन्धि, सम्झौता, घोषणा आदिले पनि व्यवस्था गरेको विषय हो। नेपालको सन्दर्भमा गणतन्त्रमा प्रवेश गरेको कालखण्डको अवसर पारी यस्ता विषयहरुलाई नीति, नियम, संस्कार र व्यवहार मार्फत अवलम्वन र कार्यन्वयनमा जानु पर्दछ। यो नै नयाँ प्रयोगको उर्वर समय हो।

आज बस दुर्घटनाबाट मात्र हाम्रा नानीहरुले ज्यान गुमाएका छैनन्। यस्ता दर्जनौं कारणहरु देशभरी छरीरहेकाछन् र हजारौं अज्ञानी अभिभावकहरुलाई पछुतो र पीडा दिइरहेका छन्। अधिकांश घटनाहरु आवश्यक न्युनतम स्तरको अभाव, लापरवाही वा अज्ञानताको कारणले हुने गरेका छन्। गलत दीशाबाट बस चलाउँदा, पानी तान्ने मोटरको खुल्ला तारमा छोएर नढाकिएको इनारमा खसेर, तुइन चुँडिएर, भ्यानमा निस्सासिएर, पर्खाल भत्किएर, छाना खसेर, डंूगा पल्टिएर, उमेरले नधान्ने व्यायाम गराएर, हुरी पानी, असिनाले चुटेर, जाडोले कठ्याङग्रियर, लामखुट्टेले टोकेर, शिक्षकले पिटेर वा धम्काएर, साथीले प्रहार गरेर, प्रदुषित पानी पिएर, परीक्षा र नतिजादेखि डराइ आत्माहत्या गरेर, गलत ठाउँमा घुम्न लैजांदा जोखिममा परेर जस्ता कारणहरुले बर्षेनी नेपालका सयौं विधार्थीहरुले ज्यान गुमाएका छन् र कैयनले शारिरिक वा मानसिक रुपमा विक्षिप्त हुन परेको छ। जुन सामान्य भौतिक सुधार, व्यवस्थापन, नियम कानुन तथा निर्देशनको पालनाले निर्मुल पार्न वा न्युनिकरण गर्न सकिन्छ।

मुलतः नीति निर्माता, शिक्षाकर्मी तथा व्यावसायिक संघ, अभिभावक, विधार्थी र नागरिक समाजले आ–आफ्नै जिम्मेवारी निभाएर तथा सामुहिक प्रयासबाट यस्ता जोखिम घटाउन सकिन्छ। नीति निर्माता/राज्यले शिक्षालयको पूर्वाधार, व्यवस्थापन, क्षमता, नीति नियम, शैक्षिक तथा अन्य गुणस्तर, सुरक्षा व्यवस्था तथा विश्वसनियता, आर्थिक आय व्ययको तुलना विविध आवश्यक विषयमा हालसम्म भएका व्यवस्था, नीति नियम निर्देशिकाको पुर्नमूल्यांकन, कार्यान्वयन तथा सुपरिवेक्षण गर्नु पर्दछ। त्यसै गरी शैक्षिक संस्थाहरुले शिक्षक, व्यवस्थापन, भाषा, संस्कार, स्वास्थ्य, व्यति्कत्व विकास, सुरक्षा (शारिरिक, मानसिक), अध्यापन, वातावरण, भौतिक सुविधा, शुल्क आदि विषयमा आफैले मुनासिब मानिएको स्तर निर्धारण गरी सोको कार्यान्वयन गर्न जरुरत छ। यस क्रममा संस्थाहरुले आफू आवद्ध संघ, शिक्षकहरुका संघ, नियमाकारी निकायहरु, अभिभावक, पूर्व विधार्थीहरु तथा सिंगो नागरिक समाजसँग सहकार्य गर्न सक्दछ। त्यसै गरी अभिभावकले पनि आफ्ना बालबच्चा, खास गरी प्राथमिकतहका र माध्यामिक तहका समेत, विधालयमा भर्ना गराउँदा उपरोत्क विषयहरुमा जागरुक, चनाखो हुनु पर्दछ र आवधिक रुपमा चासो राखिरहनु पर्दछ। कम गुणस्तर र सुरक्षामा लापार्वाही गर्ने शैक्षिक संस्थाहरुमा आफ्ना बच्चाहरु भर्ना नगर्ने , गरिसकेको भए स्तर सुधारका लागि अनुरोध गर्ने तथा दवाब दिने गर्नु पर्दछ। प्रतिस्पर्धाको युगमा आफ्नो अस्तित्व जोगाइराख्न पनि शैक्षिक संस्थाहरुले गुणस्तर बढाउनु पर्छ। गुणस्तर भन्नाले तडक – भडक, मिठो खाना, राम्रो प्रतिशत नतिजा, राम्रो अंग्रेजी बोल्न जान्नुलाई मात्र लिनु हुँदैन। समग्र व्यति्कत्व विकास, स्वयंलाई चिन्न सक्ने क्षमता, शारिरिक तथा मानसिक स्वास्थ्य तथा सुरक्षा अन्तराष्ट्रिय परिवेससँगको परिचय आदिमा ध्यान दिनु पर्दछ। नागरिक समाज, गैरसरकारी संघ संस्था आदिले गुणस्तर तथा सुरक्षाको महत्व आम अभिभावक तथा विधार्थी माझ पु–याउनु पर्दछ साथै शैक्षिक संस्थाहरुलाई त्यस प्रति प्रतिबद्ध तथा जागरुक बनाउनु पर्दछ। सारांसमा सबै पक्षले शैक्षिक सुरक्षालाई एउटा अभिन्न सँस्कारको रुपमा विकास गरी अवलम्वन गर्न सके हामी फेरि त्यस्तै घटनाको शिकार बनी रुनु पर्ने छैन।