Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

 
अर्थः

'काम' शब्दको धेरै अर्थ हुन्छन्। यहां वल वा वुद्धि लगाएर कुनै उद्यम, उद्योग, इलम, व्यवशाय आदि गर्ने अर्थमा काम शब्दको परिभाषित गर्ने चेष्टा गरिएको छ। वाशनात्मक इच्छा पनि काम हो र कम्पन पनि काम नै हो। ती अर्थमा कामलाई हेर्ने प्रयास होईन। अझ हाम्रो जस्तो तथाकथित गरीब मुलुकमा कामको अवस्था र महत्व कस्तो छ हेर्ने प्रयास हो। हुन त कामको वाशना वा कम्पन सरह महत्व पाइएको भए हामीले आफूलाई गरीब भनिरहनु पर्ने थिएन होला। कुनै वस्तु, विषय वा व्यक्तिको उपयोग गरी तिनै वा कुनै वस्तु विषय वा व्यक्तिको स्तर, मूल्य, उपयोगिता, विशेषता, क्षमता, वर्ग, प्रकार, आकार, तौल, महत्व, अवस्था आदिमा परिबर्तन ल्याउनकालागि उही वा अर्को व्यक्तिले बल, यन्त्र, बुद्धि वा सबैथोक लगाएर गरेको योजना तथा उद्येश्यमूलक प्रयास नै काम हो।

काम गर्ने काइदाः
काम गर्ने धेरै काइदा छन्। साधारणातया कामलाई काइदाको हिसावले सुकाम, नाकाम, कुकाम, अकाम, अतिकाम, स्वकाम, प्रतिकाम आदिमा विभाजन गर्न सकिन्छ। कुनै एउटा काम सुकाम हो वा कुकाम हो छुट्याउन त्यति गाह्रो पर्दैन। यद्यपि एउटा परिवेशमा सुकाम देखिएको काम अर्को परिवेशमा कुकाम हुन सक्छ। अवश्य पनि एउटा विवेकशिल प्राणीको हैसियतले हामीले कुकाम होइन सुकाममा नै ध्यान दिनुपर्छ।
कामका प्रकारः
उद्यम, व्यापार, व्यवशाय, खेति, अध्ययन, अध्यापन, अनुसन्धान, चिन्तन, मनन, उत्पादन, उत्खनन, कुराकनी, गोष्ठी, तालिम, समाज सेवा, मानव सेवा, प्राणी सेवा, प्रकृति संरक्षण, भजन–किर्तन, जागरण, सृजना, सेवा प्रदायन, वालक–बृद्ध–असहाय रेखदेख, लेखन, मनोरञ्जन आदि सबै काम हुन्। कति प्रकारका काम हुन्छन् भनी किटानी गर्नु असम्भव छ। तथापि केही कामहरु यस्ता हुन्छन् जुन प्राय सबै ठांउमा संधै सबैले गरिरहन्छन्। कुनै पनि बेला केही न केही काम गरिरहनुपर्छ। सम्भव भए एक भन्दा बढी काम गर्न सके राम्रो। 
कामको फलः
कुनै कामबाट फल नहुंदा निराश नहुनु त राम्रो हो नै साथसाथै फलको लक्ष्य राखी काम गर्नु नराम्रो होइन। फलको प्रकार मात्रा आदि भने कामको प्रकार, लगनशिलता र संयोग अनुसार फरक पर्न सक्छ, पर्छ नै। कामबाट प्राप्त फल दृष्य – अदृष्य, तत्कालिन – दीर्घकालिन, प्रत्यक्ष – परोक्ष, आर्थिक, गैर आर्थिक जे पनि हुन सक्छ। जेहोस् सादा शब्दमा अभिव्यक्त गर्नु पर्दा कामले काम गर्ने व्यक्ति वा उसका आफ्ना व्यक्ति वा समाजलाई आत्मविस्वास, ज्ञान, शिप, अनुभव, स्वास्थ्य, आय, सुरक्षा, प्रतिष्ठा, सेवा, आयू, गतिशिलता, सम्भावना, भविष्य, विकल्प, मार्ग, सिद्धान्त, चर्चा, अनुभव, ख्याती, आदि मध्ये कुनै एक वा केहि वा सबै फल दिन सक्छ।
 काम गर्ने समयः
हरेक समय केही न केही काम गरिरहनु पर्छ। त्यो काम आफै वा अरु कसैका लागि हुनसक्छ। हरेक कामकालागि उपयुक्त समय हुन सक्छ। जस्तै उमेरका हिसाबले कहिले के काम गर्ने फरक पर्छ। विहान, दिउँसो, वेलुका, राति के काम गर्ने र ऋतु अनुसार पनि कामहरु फरक हुन्छन्। एक पश्चिमेली विद्वानलाई तपाई के काम गनुहुन्छ भनेर प्रश्न गर्दा म हाल 'आराम गर्ने काम गरिरहेको छु' भन्नुभएको प्रशंग यहां शान्दर्भिक हुन सक्छ। उमेरका हिसावले वहांका लागि आराम गर्नु नै मुख्य काम हुन गएको देखिन्छ। जे होस् समय र अवस्था अनुसार परिबर्तन गरे पनि संधै केही न केही काम गरिरहनु पर्छ। भ्याउंदा, मिल्दा, सक्दा, मनलाग्दा केही काम गरिरहनु पर्छ। आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने विश्वव्यापी अवधारणालनई पनि ख्याल गर्नु जरुरत छ। साथसाथै कामको प्रकृति, काम गर्ने स्थान आदिको परिबर्तनले पनि मनोरञ्जन वा आरामको आंशिक अनुभूति गराउंछ। कामलाई हामी तलका केही शार्न्दर्भिक बुंदाहरुसंग जोडेर बुझ्ने कोसिस गरौं।
 कर्ताः
काम गर्ने व्यक्ति कर्ता हो। हामी हरेक व्यक्ति काम गर्न सक्छौं, कामको प्रकृति फरक हुन सक्छ। सवल –दुर्वल, सपांग –अपांग, बालक –युवा, बृद्ध , अमीर – गरीब, स्वस्थ – अस्वस्थ, शिक्षित – अशिक्षित सबै काम गर्न सक्छन् र गर्नुपनि पर्छ। कुनै दुर्वलता वा निर्वलताका आधारमा कामबाट पन्छिनु हुंदैन। बरु, आफ्नो वास्तविक अवस्थालाई आत्मासाथ गर्दै त्यो संग सुहाउँदो काम खोजेर गर्नु पर्छ। एउटा तन्दुरुस्त व्यक्तिले समयमै आफू दुर्वल, बृद्ध वा अपांग हुंदा के काम गर्ने भन्ने योजना र तयारी गरिराख्नु पर्छ। जसले पनि काम गर्न सक्छ भन्ने सत्यको जिउंदो उदाहरण साहित्यकार झमक कुमारी घिमिरे हुन्।
कामको फलः
पूर्वीय दर्शनले काम गर फलको आशा नगर भन्ने सिकाउंछ। यसको अर्थ फलकालागि काम नगर भन्ने होईन बरु फल नपाईहाले दुःखी भएर नबस फेरि काममा जुट अर्को पटक फल पाउँछौ भन्ने हो। यदि विना फल काम मात्र गरिरहने हो भने यो संसार सून्यमा पुगी अन्त्य भईसक्ने थियो। फल प्राप्त गर्ने भन्दैमा काम गर्ने कर्तालेनै प्राप्त गर्नु पर्छ भन्ने अर्थमा मात्र बुझ्नु हुंदैन। एउटा ब्यक्तिले गरेको कामको फल उ आफै, परिवार, आफन्त, मित्र, छिमेकी, सहयोगी गाउं–टोल, समुह, वर्ग, कुल, जरुरतमन्द, पुरा देश, पुरा विश्व समग्र मानव सभ्यताले नै पाउंन सक्छ। यसको कुनै सीमा हुँदैन। जती थप र राम्रो काम गर्दै गयो त्यति फल प्राप्त गर्ने समुह बृहत हुंदै जान्छ। कसैले आफ्नो मात्र ज्यान पाल्छ त कसैले बालवच्चा, श्रीमानश्रीमती, आमाबाबु, भाईबहिनी आदि हुँदै दायरा बढ्दै जान्छ। शंखघर साख्वा जस्ता विभुतीले सबैको ऋण तिरी ऋण मुक्त गरिदिएको उदाहरण ताजै छ। कुल चन्द्र गौतमले गरेको कामले कति जनाले फल पाए होलान् प्रष्ट छ।
काम गर्ने साधनः 
कामको प्रकृति हेरी प्रयोग गरिने साधन फरक– फरक हुन्छन्। हात, खुट्टा, दिमाख, बुद्धि, यन्त्र, प्रविधि, शिप, ज्ञान, कला, बल आदि। आफूले गर्न खोजेको कामका लागि आवश्यक साधन आफूसंग छ – छैन विचार गर्नु पर्छ। त्यसै अनुरुप साधनको जोहो गर्नु वा साधन अनुसार काम रोज्नु / खोज्नु पर्छ। हाम्रो जस्तो अविकसित र बृहत बेरोजगारी भएको देशमा शारिरिक बाट बौद्धिक र यान्त्रिक गर्दै कामको साधनमा फड्को मार्नु पर्दछ।
 
एक्लै वा साथमा:
काम एक्लै वा अरुको साथमा संगै गर्न सकिन्छ। एक्लै गर्नु राम्रो कि समुहमा गर्नू राम्रो त? खासगरी दुईवटा कुरामा भर पर्छ – कामको प्रकृ्रति र काम गर्ने व्यक्तिको प्रकृ्रति। कुनै काम एक्लै गर्ने खालका हुन्छन् जस्तै साहित्य सृजना, कम्प्युटर सफ्टवेयर बनाउनु आदि। कुनै काम सामुहीक गर्नुपर्ने हुन्छ जस्तैः गाडी बनाउने, सडक, पुल निर्माण आदि। त्यस्तै कुनै ब्यक्तिको समुहमा काम गर्ने कला वा ब्यक्तित्व हुन्छ त कुनै बस्तु र सूचनासंग बढी घुलमिल हुन्छन्। आफ्नो ब्यक्तित्व समुहमा काम गर्ने खालको छैन भने एक्लै गर्ने प्रकृ्रतिको काम छान्नु पर्छ। नत्र असफल भईन्छ। समुहमा काम गर्दा साथी, साझेदार, बरिष्ट, कनिष्ट, स्वदेशी, विदेशी, राज्य, संघ–संस्था आदिसंग काम गर्न सकिन्छ।
ध्यान दिउं: –
केही न केही काम गरिरहैं (खाली नवसौ )।
– गरिरहेको काम भ्याउं।
– संगै नयां कामको सृजना गरौं।
– काम गर्दा गर्दै थप नयां कुरा सिकौं।
– अरुलाई पनि केही सिकाऔं।
– काम आफूलाई वा आफू कामलाई मिले
– नमिलेको पत्ता लगाउं।
– कामको फल आफूमा मात्र सीमित नराखौं। दायरा बढांउदै लैजाउं ।