Untitled Document  
index
Email
Password
This webpage is designed and launched just for sharing some of my thoughts, experiences, interactions, activities etc. All the write ups are outcome of interaction with the society, friends, the world at large, reading books, thinking on the issues from different perspectives. It does not include anything that has
Download Nepali Font

Find me in Facebook

 

चाहे त्यो आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, बौद्धिक जे सुकै कार्य किन नहोस् सुरु गर्नु अघि त्यसभित्र लुकेको 'क' प्रश्नहरुको उत्तर खोज्नु पर्दछ र ती 'क' प्रश्नका उत्तरहरु सकारात्मक वा चित्त बुझ्दो आएमा र प्रष्ट भएमा मात्र कार्य सुरु गर्नुपर्दछ। 'क' प्रश्न भनेको के हो भन्ने खुल्दुली उठ्न सक्छ। WH question भनेको भए हामी नेपालीले राम्ररी बुझ्थ्यौं होलान्। स्वभाविक हो आफ्नो नाम लेख्न नजानी औँठामा कालोदली छाप लगाउने दाजु भाइ, दिदी बहिनी पनि तनाव भनेको बुझ्नु हुन्न तर टेन्सन भने सजिलै बुझ्नुहुन्छ। सवैखाले उपनिवेशबादले च्याप्न खोजिरहेको हाम्रो देशमा भाषिक उपनिवेशबादले पनि त्यतिकै, अझ बढी सताएको छ। जे होस् 'क' प्रश्न भन्नाले के, कहाँ, कहिले, कसले, किन, कसलाई, कति, कसरी, कुन, को आदि पर्दछन्। जेसुकै कार्य किन नहोस्, प्रारम्भ गर्नु अघि यिनको उत्तर खोज्ने कोशिश गर्नु पर्दछ। सबै प्रश्नको पर्याप्त र सही अनि तथ्यगत उत्तर खोजी क्रमसंग मिलाएर राख्ने हो भने त्यस विषयको विश्लेषण प्रतिवेदन वा सम्भाव्यता अध्ययन प्रतिवेदन बन्न सक्छ। सवै क्षेत्रको सम्भाव्यता अध्ययन हुन सक्छ र गर्नु पर्दछ। त्यही नगरिएका कारण नै व्यक्तिहरु आफू लागेको क्षेत्रबाट बीचमै अल्पविराम लगाई बाटो फेर्न वाध्य हुन्छन् वा बिच बाटैमा हराउँछन्। राजनैतिक दल फेर्नु, वीचमै पढाइ छोड्नु, जागिर छाडी विदेश जानु, पूनर्विवाह वा सम्वन्ध विच्छेद गर्नु, वसाइँ सर्नु आदि सवै गलत वा अपूर्ण सम्भावयता अध्ययन का कारण हुने गर्दछन्। या त नयाँ सम्भाव्यता अधययनले नयाँ सम्भावना र भविष्य खुलाइदिएका कारण हुने गर्छन। जे होस् यी सबै 'क' प्रश्नकै आधारमा नै जोडिन्छन्, तोडिन्छन् वा मोडिन्छन्।

हामी अरु क्षेत्रका नभई ब्यावशायिक क्षेत्रमा लाग्न चाहनेले गर्नु पर्ने सम्भाव्यता अध्ययनको बारेमा कुरा गर्दैछौँ। त्यसमा पनि पहिलो पटक एउटा सानो व्यापार ब्यवशाय सुरु गर्न चाहने व्यक्तिको दृष्टिकोणबाट, उसको भविष्यको जोखिम कम गर्ने विषयमा कुरा गर्दैछौँ। हुनत हरेक पटक नयाँ ब्यवशाय सुरु गर्नु अघि 'क' प्रश्नको आधारमा वृहत अध्ययन अनुसन्धान, तुलना, व्याख्या आदि गर्नु आवाश्यक छ। अझ, पहिलो पटक विना अनुभव नयाँ ब्यवशाय सुरु गर्न चाहानेलाई त झनै बढी जरुरत छ। यस्ता सम्भाव्यता अध्ययन प्रतिवेदन बजारमा वा इनटरनेट मार्फत किन्न पनि पाइन्छन् तर नेपाल जस्तो सानो बजारकालागि ठ्याक्कै मिल्ने खालको प्रतिवेदन भने पाइँदैनन्। प्राविधिक पक्ष मिले पनि बजार र स्थानिय तथ्याँक भिन्न हुने हुँदा जस्ताको तस्तै लागु गर्न सुझाव योग्य छैन। त्यसको विकल्पको रुपमा स्थानीय विशेषज्ञहरको सेवा लिई छुट्टै प्रतिवेदन बनाई त्यसकै आधारमा 'क' प्रश्नको उत्तर खोजी ब्यवशाय सुरु गर्ने निर्णय गर्न पनि सकिन्छ।
हामी यहाँ त्यसरी अरुको विशेषज्ञ सेवा नलिई एउटा नवागन्तुक, सिकारु सामान्य ब्यावशायीले नयाँ ब्यवशाय कसरी सुरु गर्ने भन्ने बारेमा कुरा गर्दैछौँ। 'क' प्रश्नको आधारमा सुरु गर्नुपर्छ भन्ने बारेमा त हामीले यस अघिनै चर्चा गरिहाल्यौं। यस क्रममा धेरै 'क' प्रश्नहरुको उत्तिकै महत्वका साथ अध्ययन गर्नुपर्दछ। धेरै 'क' प्रश्नहरु मध्य 'कस्तो' र 'कसरी' भन्ने बारेमा सामान्य चर्चा गरौं। कस्तो ब्यवशाय सुरु गर्दा र त्यो ब्यवशाय कसरी संचालन गर्दा राम्रो होला वा नहोला भन्ने खुल्दुली हुन्छ नै। यस दृष्टिकोणबाट हेर्दा ब्यवशायलाई ४ प्रकारमा विभाजन गर्न सकिन्छ। ति हुन् – (क) पुरानो खाले काम पुरानै तरीकाले गर्ने (ख) पुरानोखाले काम नयाँ तरीकाले गर्ने (ग) नयाँ खालेकाम पुरानो तरीकाले गर्ने र (घ) नयाँ खालेकाम नयाँ तरीकाले गर्ने। यो सन्दर्भमा पुरानो खाले काम भन्नाले यसअघि अरुले पनि यसै सेरोफेरो, शहर, बजार, देशमा गरिआएका कामहरु मध्ये एक बुझ्नु पर्छ भने नयाँ खाले काम भन्नाले ती भन्दा भिन्न र अलि फरक काम भन्ने बुझ्नु पर्दछ। त्यसैगरी पुरानो तरीकाले काम गर्ने भन्नाले व्यवस्थापन, बजारिकरण, नामाकरण, प्रस्तुतिकरण आदि पुरानै ढाँचाको भन्ने बुझिन्छ भने नयाँ तरीका भन्नाले प्रस्तुति र प्रविधि आदिका हिसाबले नयाँ भन्ने बुझ्नु पर्दछ।

अब यी ४ प्रकार मध्ये कुन प्रकार छान्ने र कुन प्रकारको के सवल र दुर्वल पक्ष छन् भन्ने बुझ्ने कोशिस गरौं। यी मध्ये प्रकार (क) सबैभन्दा कम जोखिम र कम भविष्य तथा न्युन नाफा दिने खालको हुन्छ। पहिल्यै त्यस्तै प्रकारका धेरै ब्यवसाय हुने हुँदा प्रतिस्पर्धा धेरै हुन्छ। तथापि यस अघि नै धेरैले गर्दै आएको र चल्ने निश्चित भएको हुँदा चल्दै नचल्ने जोखिम चाहिं हुँदैदैन। जहाँ जोखिम कम छ, त्यहाँ मुनाफा वा भविष्य पनि कम नै हुनु स्वभाविक नै हो। त्यसै गरी प्रकार (ख) सापेक्षिक रुपमा सुझावयोग्य छ। यस अन्तर्गत काम / ब्य्वसाय त पुरानै खालको गरिन्छ जुन अरुले पनि गर्दै आएका छन् तर नयाँ तरीकाले गरिन्छ। यहाँ नयाँ तरीका भन्नाले पूर्ण रुपमा उल्टो वा भिन्न तरीका भन्न खोजिएको होइन। मात्र नयाँ वा थप पद्धति र प्रविधि सहित गर्ने भनिएको हो। पुरानै काम हुनाले चल्ने पक्का नै हुन्छ। यसलाई नयाँ तरिकाले गर्दा त्यसको फाइदा पनि लिन सकिन्छ। आफ्ना प्रतिस्पर्धीहरु प्रकार (क) मा अडिएको अवस्थामा आफूले प्रकार (ख) मा जाँदा फाइदा गर्न सकिन्छ। यसमा जोखिम कम हुँदा हुँदै पनि फाइदा बढी हुन्छ। प्रकार (ग) अती नै जोखिमपूर्ण र साँच्चै भन्दा मूर्खतापूर्ण पनि छ। काम नयाँ खालको, गर्ने तरीका पुरानो कसरी चल्नु? प्रकार (घ) पनि जोखिमपूर्ण छ किनकि यो नयाँ काम हो तर नयाँ र परिष्कृत तरीकाले गरिनेहुँदा यो रोमाञ्चक र जोखिम पूर्ण छ। उद्यमशिलताको स्तर बढी भएका उद्यमीले यस प्रकारको काम गर्न रुचाउँछन्। कसले कुन काम गर्नु उपयुक्त हुन्छन् भनी किटान गर्न गाह्रो छ। 'क' प्रश्नहरु मात्रै पनि आधार होइनन्। आन्तिरिक र वाह्य धेरै कारण र तत्वहरु विचार गर्नु पर्दछ। अझ उद्यमीको आफ्नै अनुभव, शिक्षा, लगानी, इच्छा र प्रथामिकता, श्रोत आदिमा पनि भर पर्दछ। अन्य तथ्यहरुलाई यथावत राखी झट्ट भन्नु पर्दा प्रकार (ख) को काम गर्न सुझाव दिन सकिन्छ ।